मनोज कुमार डाँगी

एनआरएन कोरियाको भावि नेतृत्व र यसका चुनौती
[2011-08-22 오후 11:54:00]

एनआरएन कोरियाको चुनावी माहोलले कोरियामा रहेका आम नेपालीहरुमा एक किसिमको उर्जा प्रदान गरिरहेको छ । जसले कोरियाली भूमिमा आफ्नो अमुल्य श्रम वेचिरहेका तमाम युवाहरुको अनुहारमा "हामी नेपाली हाम्रो नेपाल" भन्ने चेतनाको तेज्वबत गर्नु जरुरी देखिन्छ । चाहे हामी श्रमिक व्यापारी विद्यार्थी जुनसुकै प्रयोजनवाट कोरिया प्रवेश गरेपनि हाम्रो ढुकढुकीमा हामी नेपाली भन्ने आफ्नो मातृभूमी प्रतिको आघाद पे्रमलाई व्यावहारमा उतार्नु भावि नेतृत्वले कार्यनितिक चुनौतिकोरुपमा लिनु जरुरी देखिन्छ ।

चुनावी माहोललाई आफ्नो पछ्यमा पार्न ठूलाठूला योजनालाई महत्वदिएर भावी दिनहरुमा वेहकुव हुनु भन्दा आफूले सक्ने योजनाहरुलाई मात्र चुनौतिको रुपमा प्रस्तुत हुनु बद्धिमानी र दिर्धजिवी हुनेमा मेरो विश्वास छ । विश्वभर छरिएका नेपालीहरुलाई एनआरएनले एक शुत्रमा वाध्ने कोसिस गरीरहँदा एनआरएन कोरियामा पनि विभिन्न क्षेत्रमा छरिएका नेपालीहरुलाई एउटै शुत्रमा वाँध्न सक्ने नेतृत्वको खडेरी पर्ने होकीभनी सवै प्रवाशीहरुको चासो वढीरहेको प्रश्ट देख्न सकिन्छ ।

जहाँ इच्छा त्यहाँ उपाए भनेझै एनआरएन कोरीयाले पनि आफ्नो इच्छा शक्तिलाई दृढ विश्वाशका साथ परिणाम मुखि वनाउनु जरुरी देखिन्छ । औधोगिक दुर्घटनालाई न्यूनिकरण गरी सम्पुर्ण नेपालीहरुलाई स्वस्थ अर्थात तन्दुरुस्त नेपाल फर्कन सक्ने वातावरणको सिर्जना गर्नु, पेपर म्यारिज गरि कोरिया भित्रिएका वा भित्रिन चाहने सम्पूर्ण नेपाली समुदायलाई प्रशिक्षण गरि सम्भावित दुर्घटना र ठगीवाट मुक्त गराउनु जरुरी देखिन्छ । साथै कोरियामा छारिएर रहेका सम्पूर्ण व्यापारीहरु पारस्परिक साहानुभुति र एकता नहुने हो भने एनआरएन कोरियाको चुनाव कागलाई वेल पाक्यो हस्र न विस्मत हुने निश्चत देखिन्छ ।

नेपालमा पनि सहमतिको खडेरी परेको वेल सवै राजनीतिक पार्टीहरुलाई उदाहरणको लागी एनआरएन कोरियाको आसन्न महधिवेशनलाई सहमति र एकताको रुपमा प्रस्तुत गर्नु जरुरी छ । जसवाट विश्वभर छरिएका नेपालीसामु उदाहरणको पात्र वन्न सकिन्छ । सके सहमति नसके झलनाथ प्रविधिले एनआरएन कोरियालाई फाइदा पुग्ने देखिदैन् ।हामी र हाम्रो विचार नै नेपालीहरुको पवित्र विचार हो । यो विचारलाई स्थापित गराउँनको लागी म र मेरो भन्ने अहंकार अथवा घमण्ड वोकेका जोसुकै व्यक्तिलाई एनआरएन जस्तो पवित्र संस्थावाट टाढा राख्नु जरुरी छ । जसको नैतिक जिम्मेवारी कोरियामा रहनुहुने सम्पूर्ण एनआरएनका सदस्यहरुको काँधमा आएको छ । सके सहमती नसके आफै हुने प्रवृत्तिले नेतृत्वको छनक त्यति राम्रो भने अवश्य देखिदैन् ।

त्यसैले यी तमाम चुनौतीको सामना गर्न एनआरएनका सम्पूर्ण उमेरद्धारहरुमा मेन्टल्ली कुल भएर सोच्नुहुन अनुरोध गर्दछु । किनकी औंसिको रातमा जसले पुल्ठो जलाई प्रकाशको ज्वती छर्छ त्यसैको साहारामा मात्रै हामी गन्तव्यमा पुग्न सम्भव हुन्छ । त्यसैले कहि कतैवाट उज्यालोमा पुल्ठो जलाउने कोसिसभए कृपया ठन्डा दिमागले सोच्नुहुन विनम्र अनुरोध गर्दछु । आफुले कमन्डलु भिरेर अरुलाई भिक्षा दिन्छु भन्नुको सट्टा छेउमा वसेर राम राम भन्नुनै वुद्धीमानी ठहरिने देखिन्छ । त्यसैले निश्वार्थ भावना दिगो सान्ति हाम्रो कामनालाई आत्मसाथ गर्दै सकेको सहयोग गरौ नसके कसैलाई नविगारौं यसैमा एनआरएन कोरियाको कल्याण हुनेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com