एनके संवाददाता

माओवादीभित्रको झगडाले शान्ति तथा संविधान निर्माण प्रक्रिया बिथोलिने संकेत
[2011-06-27 오후 10:50:00]

नेकपा माओवादीभित्र चुलिदै गएको झगडाले शान्ति तथा संविधान निर्माण प्रक्रिया बिथोलिने संकेत देखिएको छ। संविधानसभामा एक तिहाइभन्दा बढी हिस्सा ओगटेको माओवादीभित्र अहिले तीनवटा गुट समानान्तर पार्टी जस्तो गरी अगाडि बढेका छन्। यी तीनवटा गुट राष्ट्रिय एजेन्डालाई छोड्दै, सिंगो पार्टीको एजेन्डालाई पनि त्याग्दै गुटगत एजेन्डा लिएर अगाडि बढेका छन्। माओवादीभित्र उत्पन्न यो द्वन्द्वले गत जेठ १४ गते संविधानसभाको म्याद तीन महिना थप गर्ने सम्बन्धमा भएको पाँचबुदे सम्झौता अलपत्र परेको छ।

पाँचबुदे सम्झौता कार्यान्वयन नभएसम्म भदौ १४ पछि संविधानसभाको म्याद थप गर्न सम्भव छैन। पहिलेदेखि नै संविधानसभा विघटनको पक्षमा लबिङ गर्दै आएका नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले भदौ १४ पछिको मुलुकको राजनीतिबारे खतराको संकेत गरेका छन्। रहस्यमय दिल्ली भ्रमणबाट भर्खरै फर्किएका ओलीले भदौ १४ पछि आफू प्रधानमन्त्री बन्ने घोषणा गरेको रिपोर्ट प्रचण्ड निवासमा उनी फर्किएकै साँझ पुगेको थियो। सीमित नेता मात्र उपस्थित प्रचण्ड निवास नया बजारमा एक नेताले ओलीका बारेमा फेहरिस्त पेस गर्दै भदौ १४ पछि प्रधानमन्त्री बन्ने र माओवादीका दुई समूहलाई श्रीलंकाको लिट्टेकै हालतमा पुर्या्उने योजना बनाएको कुरा सुनाएका थिए।

प्रधानमन्त्री बनेको ६ घन्टाभित्र एमाले, कांग्रेसलगायत सेना र प्रहरीका केही व्यक्तिलाई भ्रष्टाचारको मुद्दामा जेल हाल्ने तयारी गरेको कुरा सुनिसकेपछि प्रचण्डले हास्दै उनको आयु नै त्यही ६ घन्टा मात्र त हो नि भनेर जवाफ फर्काएका थिए। विषयलाई हल्का बनाउन खोजे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' त्यस विषयमा निकै सिरियस भएको उनका प्रमुख सहयोगी वर्षमान पुनले अन्य नेताहरूलाई सुनाएका छन्। त्यसैले यसपटकको बैठकमा सेना समायोजन र शान्ति प्रक्रिया टुंग्याउने कुरामा हदसम्म लचक हुने, त्यसमा पनि अन्य दलहरू सहमत नभए भदौ १४ पछि हुने नरसंहारको प्रतिकारको तयारी गर्ने रणनीति बनाउनुपर्ने सुझावप्रति प्रचण्ड सकारात्मक देखिएका थिए। यतिबेला ओली संविधानसभा असफल देखाउनकै लागि झलनाथ खनाललाई प्रधानमन्त्री पदबाट राजीनामा नगराउने भित्री खेलमा जुटेको कांग्रेसका धेरै सभासद्हरूको पनि राय छ।

यसैगरी, पार्टीभित्रका विभिन्न स्वार्थ समूहलाई व्यवस्थापन गरेर अगाडि बढ्न नसक्दा माओवादी अध्यक्ष प्रचण्ड धरापमा परेका छन्। आफैंले निर्माण गरेको धरापमा परेका अध्यक्ष प्रचण्ड उम्कन नसक्ने गरी फसेका छन्। आफूभन्दा तल्लो तहका नेताहरूबीच फुट पैदा गराउदै विगत दुई दशकदेखि विना अधिवेशन एक्लौटी पार्टीको नेतृत्व गर्दै आएका प्रचण्ड पार्टीभित्रै कमजोर बनेका छन्। उनीमाथि पार्टीपंक्तिबाटै आर्थिक भ्रष्टाचारदेखि लिएर सैद्धान्तिक विचलनसम्मका गम्भीर आरोपहरू लागेका छन्। केन्द्रीय सदस्य महेन्द्र पासवानका अनुसार विधान र नीतिअन्तर्गत नभएर हुकुम प्रसांगीको आधारमा पार्टीगत निर्णयहरू गर्ने गरेको, पार्टी सिद्धान्तलाई तिलाञ्जली दिादै व्यक्तिगत स्वार्थसिद्धिका लागि अघि बढेको, पार्टीको आर्थिक मामिलालाई व्यक्तिगत मामिला बनाएको, आर्थिक लाभ तथा अधिकार प्राप्त हुने पदहरूमा आफन्त एवं नतागोतालाई मात्र अवसर दिने गरेको, नवप्रवेशी एवं सामन्त वर्गको स्वार्थसिद्ध गर्दै पार्टीका पुराना र संघर्षशील कार्यकर्तालाई क्रमशः पाखा लगाउदै आएकोलगायतका दर्जनौं अभियोग अध्यक्ष प्रचण्डमाथि लागेका छन् ।

यी अभियोग केवल अभियोग मात्र नभएर सत्य–तथ्यमा आधारित भएका कारण अध्यक्ष प्रचण्डले फेस गर्न सकेका छैनन्, उनको दाबी छ। यी अभियोगहरू टेबुल हुने संकेत पाएपछि अध्यक्ष प्रचण्डले गत शुक्रबारदेखि बोलाएको केन्द्रीय समितिको बैठक एक घन्टाभित्रै स्थगित गरेका थिए। महासचिव रामबहादुर थापा 'बादल' मार्फत आफ्ना एजेन्डाहरू राखिसकेपछि छलफल नै हुन नदिई अध्यक्ष प्रचण्डले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका हुन्।

मोहन वैद्य 'किरण' र डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै आरम्भ गरेको समानान्तर पार्टी अभियानलाई रोक्ने निर्णय गराउने उद्देश्यका साथ पार्टी अध्यक्ष प्रचण्डले बैठक आह्वान गरेका थिए। तर ती गतिविधि रोक्ने निर्णय गराउन मात्रै प्रचण्ड असमर्थ हुने स्थिति देखिएन, बैठकमै आफ्नाविरुद्ध आधा दर्जनभन्दा बढी अभियोग टेबुल हुने संकेत अध्यक्ष प्रचण्डले पाए। पार्टीभित्र लोकतान्त्रिक गणतन्त्रको विचार बोक्ने डा. भट्टराई समूह र जनवादी गणतन्त्रको विचार बोक्ने वैद्य समूहले सबै जिल्लामा समानान्तर पार्टी संरचना निर्माण गर्ने अवसर प्रचण्डको कार्यनीतिले पाएका कारण उनीसाग रहेकामध्ये पनि धेरै असन्तुष्ट बनेका छन्। पार्टीभित्र देखिएका गुटलाई विचार समूहका रूपमा मान्यता दिने र यी विचार समूहहरूले पार्टीको मूल मर्म र भावना नबांगिने गरी आफ्ना गतिविधिलाई स्थानीय तहसम्म लैजान पाउने निर्णय पालुङटार बैठकपछि माओवादीले गरेको थियो। तर यो निर्णयले पार्टी विभाजन गर्न लागेको महसुस गर्दै त्यसलाई खारेज गर्ने अभियानमा अध्यक्ष प्रचण्ड देखिएका छन्।

समानान्तर पार्टी कमिटी र योजना बनाएका वैद्य र सत्तालाई केन्द्र बनाएका डा. भट्टराईले एकसाथ प्रचण्डको मुकाबिला गर्ने तयारी गरेका छन्। तर पाँचबुँदे नीति नाम दिइएको उक्त निर्णय खारेज गर्न बोलाइएको बैठकमा मूल एजेन्डा प्रस्तुत गर्नसमेत नसक्ने अवस्थामा अध्यक्ष प्रचण्ड पुगे। उक्त बैठक अध्यक्ष प्रचण्डका लागि आफू ताक्छु मुढो बन्चरो ताक्छ घुाडो जस्तो सावित भएको छ। बैठकमा छलफलका मूल एजेन्डा प्रस्तुत हुनुभन्दा अघि नै अध्यक्ष प्रचण्डविरुद्ध एक सय ५८ अर्थात् दुई तिहाइ सभासद्हरूले हस्ताक्षरसहित ज्ञापनपत्र बुझाइसकेका थिए। सतहमा देर्हा उक्त ज्ञापनपत्र मन्त्रीहरूको नाम सिफारिस गर्ने अध्यक्ष प्रचण्डको निर्णय उल्ट्याउनुपर्ने एजेन्डामा केन्द्रित देखिए पनि भित्र रूपमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेताबाट हटाउने अभिप्रायका साथ प्रस्तुत भएको थियो। आफूले गरेको निर्णय उल्ट्याउन आग्रह गर्दै दुई तिहाइ बहुमतद्वारा प्रस्तुत भएको ज्ञापनपत्रलाई दर्ता गरी औपचारिक रूपमा छलफल चलाउनु भनेको आफू संसदीय दलको नेताबाट हट्नु हो भन्ने कुरा बुझेका प्रचण्डले हतार हतारमा बैठक स्थगित गराए। त्यही सेरोफेरोमा जनयुद्धका सहिद, घाइते तथा अपांगका परिवारले पनि पार्टीलाई सिद्धान्तबाट विचलित नहुन आग्रह गर्दै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए।

उपाध्यक्षद्वय वैद्य र डा.भट्टराईले सैद्धान्तिक एवं वैचारिक रूपमा अलग अलग विचार समूह निर्माण तथा समानान्तर पार्टी गतिविधि गरे पनि अध्यक्ष प्रचण्डको ज्यादतीविरुद्ध भने एकठाउामा उभिने प्रण गरेका छन्। प्राइभेट कम्पनी लिमिटेड जस्तो गरी चलाएको भन्दै अध्यक्ष प्रचण्डको स्वेच्छाचारिता एवं ज्यादती रोक्न वैद्य र डा. भट्टराईबीच पटक–पटक छलफल भइसकेको छ। माओवादी स्रोतका अनुसार अब प्रचण्डलाई आफ्नो पद टिकाइराख्न त्यति सजिलो छैन। उनीमाथि पार्टीपंक्तिले गरेको मुख्य आशंका आर्थिक हिनामिना नै हो। सभासद् एवं जनसेनाले राज्यबाट प्राप्त गर्ने तलबभत्ताबापतको लेवी, चन्दा, पार्टीद्वारा सञ्चालित विभिन्न व्यवसाय गरी माओवादीले वार्षिक दुई अर्ब रुपैयााको हाराहारीमा संकलन गर्ने गरेको अनुमान छ। तर त्यो रकम कहा छ? केमा सहयोग भइरहेको छ भन्ने कुरा अध्यक्ष प्रचण्ड उनका भाइ् नारायण दाहाल र छोरीज्वाइाबाहेक अरुलाई थाहा छैन।

सहिदका परिवार तथा जनयुद्धका घाइतेहरूले अहिलेसम्म पनि कष्टकर जीवन बिताइरहेका छन्। उपचार पाएका छैनन। यसैगरी, उनीमाथि लागेको अर्को आरोप सैद्धान्तिक विचलन र स्वेच्छाचारिता हो। दोस्रंो आरोपको फेस गर्नसक्ने अवस्थामा भए पनि आर्थिक भ्रष्टाचारको आरोप फेस गर्ने अवस्थामा उनी छैनन्। आफ्ना बाबु मुक्तिनाथ दाहालको नाममा बानेश्वर चोकमा अजय सुमार्गीमार्फत १२ तले बिल्डिङ बनाउन लगाइरहेका अध्यक्ष प्रचण्ड राजनीतिक रूपमा मात्र होइन, आर्थिक रूपमा पनि अत्यन्त महत्त्वाकांक्षी, अपारदर्शी र ज्यादै सौखिन मानिन्छन्, पार्टीकै एक नेताको आरोप छ। एकता केन्द्रलगायत साना वाम पार्टीबाट आएका नेताहरूको सहयोगमा अध्यक्ष प्रचण्डले अहिलेसम्म पार्टीभित्र आफूलाई टिकाएका छन् र आफ्ना दाहिने हात मानिने तत्कालीन एकताकेन्द्र मसालका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' लाई उपनेता बनाएर अध्यक्ष प्रचण्ड संसदीय दलको नेता बनेका छन्। तर पछिल्लो समयमा डा. भट्टराईलाई नेता र सचिव सीपी गजुरेललाई उपनेता बनाउने सहमतिसहित वैद्य र डा. भट्टराई समूहले दुई तिहाइ सभासद्हरूको हस्ताक्षर जुटाएर नेतृत्व परिवर्तनको संकेत गरेका छन्।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com