आनन्द गुरुड्ग

दक्षिण कोरियामा महिला समाज
[2011-06-19 오후 1:35:00]

दक्षिण कोरियामा नेपालीहरुको प्रवेशको ईतिहास दुई दशक पुरानो भैसकेको छ । सन १९९३ मा नेपाली सम्पर्क समितिको गठन देखि हालसम्म बिभिन्न जातिय क्षेत्रिय धार्मिक देखि राजनितिक संगठनहरुको समेत गठन भैसकेको छ । महिलाहरुलाई नेपालको रितिरिवाज परम्मरा,धर्म, संस्कृति र राज्यको कानुन सम्मले ईतिहासदेखि बर्तमान सम्म बिभिन्न रुपमा अन्याय र शोषण गरको कारणले अझैपनि अधिकांस महिलाहरु परनिर्भर भई जिउनु परेको छ ।सामाजिक रितिरिवाज र परम्पराहरुले नेपाली महिलाहरु शारिरिक,मानसिक दुबै रुपमा शिकार बनिरहेका छन । आफ्नो घरपरिवार भित्रनै कमजोर पात्रको रुपमा जिउन परेका एक महिलाले समाज देश र बिदेशको परिकल्पना गर्न सायदै सहज थियो र छ ।

देबि,सरस्वती,लक्ष्मी बिभिन्न नाममा महिलाको पुजा गर्ने हाम्रो समाजका पुरुषहरुले आफ्नै परिवारभित्र महिलालाई मानिससरहको ब्यबहार पनि गर्न नसक्नु महिलाको लागिमात्र नभई सम्पूर्ण मानब जगतको लागिनै अभिशाप हो । बिभिन्न सामाजिक,आर्थिक,शेक्षिक,राजनितिक क्रान्तीको साथमा महिला सवतन्त्रताको अन्देालनले पनि छोटो समयमा धेरै परिबर्तन ल्याउन सफल भएको छ जसको कारण नेपालको हरेक क्षेत्रमा महिलाहरुको अग्रणी भुमिका हामी देख्न सक्छौं। हिजो जन्मजात गृहणी जस्तो बनाईएर चुलो र चुलेसीमा सिमित राखिएको महिला आज बिभिन्न अग्ला हिमालहरुको चुचुरोमा चुम्दै चन्द्रमा मा पाईला पाईला टेक्न सफल भएकोले पुरुषबादी पितृसतात्मक समाजलाई चुनौति दिन महिलाहरु सफल भएका छन ।

भनाईमा एक रथका दुई पांग्रा भनिएपनि हाम्रो समाजमा शैक्षिक याग्यता उमेर भिन्नता र आर्थिक कमाईको कारणले महिलाहरु पुरुषभन्दा कमजोर देखिन्थे ।एउटा पांग्रा बलियो र अर्को पांग्रा कमजोर भएको रथले कसरी सही गति लिन सक्छ भन्ने बैज्ञानिक प्रश्नको समाधान नखोज्नले नै प्राय परिवारहरमा समस्या सृजना भएको छ । पछिल्लो समयमा रोजगारको लागि बिभिन्न देशहरुमा जति महिलाहरु बिदेशिएका छन यो पनि महिलाहरुको अन्देालनको एक पक्ष र सशक्तिकरणको उपज हो ।

प्रवासमा पर्ने बिभिन्न समस्याहरुको समाधानको निम्ति भनी बिभिन्न संघ संस्थाहरु भएपनि महिलाहरुको समस्याहरु सम्बोधन गर्ने कुनैपनि निश्चित संघ संस्था नहुंदा महिलाहरु पिडित थिए । नेपालमा जस्तै प्रबासमा पनि नेपाली समाज पुरुषप्रदान नै छ । महामहिम देखि सम्पूर्ण नेतृत्वदाई संघ संस्थामा पुरुषहरुनै हाबी भएकोले पनि

द.कोरियामा महिलाहरुको समस्याहरुमा हामी त्यती संवेदनशिल हुन सकेनौ होला जति हुन अवश्यक थियो । सामान्य नेपालीहरुको समस्या भनेको बिरामी हुनु औधोगिक दुर्घटना हुनु आत्महत्या र मृत्यु हुनु जस्ता छन जुन दर्भाग्य हो तर संबेदनशिलता त महिलाको समस्यामा झनै जटिल छ । एक नेपाली महिलाको अस्मितासंग नेपालको अस्मिता जोडिएको छ ।द.कोरियामा लामो बसाईमा कति पुरुषहरुले कुमारत्व बेचेहोलान किनेहोलान तर चर्चाको र समाचारको बिषय बनेन तर महिलाको नारित्वसंग त नेपालको स्वाभिमान गांसिएको छ ।त्यसैले पनि हाम्रा नेपाली चेलीहरुको संरक्षण सुरक्षा र अधिकारको लागि सम्बन्धित पक्षहरु सचेत हुन अवश्यक छ ।

द.कोरियाको ईतिहासमा कुनैपनि संघ संस्थाहरुमा महिला नेतृत्व नदेखिएतापनि हालै सम्पन्न नेपाली जनसम्पर्क समितिको दोस्रो ऐतिहासिक महाधिबेशनले महिला सभापति चयन गरि सम्पुर्ण नेपाली महिलाहरुको गरिमालाई उच्च राख्दै बहुलबाद,प्रजातन्त्र,समाजबाद, राष्ट्रियताको नारामा रहेको सुन्दरता प्रकट गरी बिश्वभरी रहेका राजनितिक संगठनहरुमा एक नौलो इतिहास रच्दै हरेक जात जातीबर्ग पेशा र िलंड्ग का फुलहरु प्रजातन्त्रमा फुल्न सक्छन भन्ने सन्देस पनि दिएको छ ।

माथि प्रस्तुत बिभिन्न कारणहरुले पनि द.कोरियामा महिला समाजको स्थापना आवश्यक थियो र गठित समाज सवागत योग्य छ । यस समाजलाई राजनितिक,जातीय र क्षेत्रीय बिवादबाट मुक्त राखी सकृय र सवल बनाउन हाल गठित कार्यसमिति र यस समाजका अगुहरुले भूमिका खेनु पर्दछ ।महिलाहरुको कतिपय समस्याहरु महिलासमक्षा मात्रै पोख्न मिल्ने भएकोले पनि यो समाजको आवश्यकता जरुरी छ । त्यसैले सम्पूर्ण द.कोरियाबासी महिलाहरुको दुख बिसाउने चौतारी बन्न सफल रहोस भनि शुभकामना दिन चाहान्छु ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com